रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीले बगायो
सिन्धुली – रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल सुनकोसीले बगाएको छ ।
अविरल बर्सा सङ्गै सुनकोसीमा आएको बाढीले गोलन्जोर गाउँपालिका ७ खुर्कोट बाट रामेछापको सेले घाट जोड्ने पक्की पुल बगाएको हो ।
पक्किपुल सङ्गै रामेछाप तर्फको सडक समेत केही भाग बगाएको छ ।
सुनकोसी नदिले पक्की पुल बगाएसङ्गै खुर्कोट रामेछाप सम्पर्क विच्छेद भएको छ ।
प्रतिक्रिया राख्नुहोस्