बाढी पहिरो अपडेट: ६६ जनाको मृत्यु,६९ बेपत्ता

काठमाडौँ- असोज १० गते विहिबारदेखि परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोमा परी   शनिवार साँझ साढे ६ वजेसम्म ६६ जनाको मृत्यु भएको छ । जसमध्ये काठमाण्डौ उपत्यकामा ३४ र उपत्यका वाहिरको ३२ जनाको मृत्यु भएको छ । विपद्को घटनामा परी ६९ जना बेपत्ता र ६० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका बाहिर मकवापुरमा ७ जनाको मृत्यु भएको छ भने काभ्रेपलाञ्चोकमा १० जनाको मृत्यु र १४ जना वेपत्ता भएका छन् ।

त्यसैगरी पाँचथरमा ५ जनाको मृत्युभएको छ भने ५ जना नै वेपत्ता भएका छन् । त्यस्तै दोलखामा ३ जनाको मृत्यु र ४ जना वेपत्ता भएका छन् । सोलखुम्वु र सिन्धुपाल्चोकमा २/२ जनाको मृत्यु भएको त्यसैगरी रामेछाप धादिङ र महोतरीमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालय आज साँझ अबेर आयोजना गरिएको पत्रकार सम्मेलनमा  प्रवक्ता ऋषिराम तिवारीले  हाल सम्म  ३ हजार भन्दा बढी विपद्मा प्रभावितको उद्धार गरिएको जानकारी दिनु भएको छ ।

गृहमन्त्रालयले बर्षाको कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल समन्वयमा राहत उद्द्धार कार्य जारी राखेको जनाएको छ । मन्त्रालयले सबै तह र तप्का सरोकारवाला निकायका अलवा आमनागरिक, सञ्चारकर्मी सबैलाई आवश्यक समन्वयमा राहत तथा उद्द्धारमा जस्ता मानविय कार्यमा सहयोगमा जुट्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.