पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

धादिङ-  धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ ।
आज बिहान बुटवलबाट काठमाडाँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस   मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ । अहिलेसम्म यात्रुहरु कोहि पनि सम्पर्कमा छैनन्”, उहाँले भन्नुभयो ।
देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।
यसै बीच यता  धादिङको थाक्रे गाउँपालिका स्थित महादेववेशी निवासी ४५ वर्षीय सानु राईको घर पछाडी रहेको कुलो  पन्छाउन जाँदा माथिबाट पहिरो खसी च्यापिएर मृत्यु छ ।  यसै गरी हिजो साँझ मलेखु खोला स्थित गुम्वा डाँडामा पानी परेपछि ओत लाग्न बसेका दुई चोपाङ्ग थरका युवा मध्य एकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवाले जानकारी दिनु भएको छ ।
वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर ६ स्यादुल निवासी ४० वर्षीय जनता चेपाङ्ग र २० वर्षीय सन्तु चेपाङ्ग हिजो साँझ ओडारमा ओत लागेर बस्दा च्यापिएका हुन् । यता जिल्ला सदरमुकाम धादिङवेशीबाट किरानचोकतर्फ जाँदै गर्दा खोलाले बगाउँदा ६ वर्षीय बालीका युना तामाङ अझै बेपत्ता छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.