झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो दुई दिनदेखि हराएको बस

पुरिएको बसबाट हिजो र आज गरी २५ जनाको शव निकालियो

काठमाडौं-  धादिङको लनौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

पहिरोमा सवारी साधन पुरिएको आशंकामा खोजी गर्दा एउटा बस फेला परेको हो । बसको केही भाग मात्र देखिएको छ । नम्बर भने खुलिसकेको छैन । डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रहरीको प्रयास जारी छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

गोरखाको दरौदी यातायातको बस बेपत्ता भएको थियो । शुक्रबार बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाडौका लागि छुटेको थियो । सोही दिनको राति १० बजे खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ ।

सोही बस अहिले पुरिएको अवस्थामा फेला परेको हुनसक्ने आशंका छ । झ्याप्ले खोलाबाट पुरिएका थप ११ जनाको शव निकालिएको छ। यी शव हिजो भेटिएका माइक्रो बस बाट निकालिएका शवभन्दा फरक र थप हुन् । शव ९ पुरुष र २ जना महिलाको भएको बताइएको छ।

यी शव गोरखाबाट काठमाडौँतर्फ आउँदै गर्दा हराइरहेको बसका यात्रुहरूको हुन सक्ने आशङ्का गरिएको छ तर यो पुष्टि हुन सकेको छैन। पहिरो पन्छाउने क्रममा यहाँ पुरिएको एउटा बस फेला परेको थियो जुन बसको अहिलेसम्म पहिचान गर्न सकिएको छैन।

बस निकाल्ने क्रममा शव फेला परेको हो । बस पूरै निकाल्न बाँकी छ र बसको नम्बर प्लेट अझै पुरिएकै अवस्थामा छ। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । यही ठाउँबाट हिजो २ पुरिएका माइक्रो बस र १४ शव निकालिएका थिए।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.