गोरखाबाट काठमाडौँ आइरहेको दरौँदी यातायातको हराइरहेको बस झ्याप्ले खोलाको पहिरोमा पुरिएको पुष्टि

गोरखा- गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि हिँडेको बा ४ ख २२७० नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्गको झ्याप्लेखोलाको पहिरोमा पुरिएको पुष्टि भएको छ ।

पहिरो पन्छाउने क्रममा आज सो बसको छत र चालकको नम्बर भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको भाग भेटिएको घटनास्थलमा रहेका आफ्ना साथीलाई उद्दत गर्दै यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिएका हुन ।

‘एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा बसका चालक मदन परियारको नम्बर देखिएको छ भनेर साथीले खबर गर्नुभएको छ’, भट्टले भने, ‘काठमाडौँमा रहेका यातायात व्यवसायी र मजदुर साथीहरु घटनास्थलमा आइसक्नु भएको छ । हामी पनि त्यता जाने तयारी गर्दैछौँ ।’

धार्चे गाउँपालिका-७ लापुबेशीबाट गत शुक्रबार काठमाडौँका लागि छुटेको सो बस तीन दिनदेखि सम्पर्क विहीन थियो ।

दरौँदी यातायातको सो बसमा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका-४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए ।

‘गोरखाबाट मुग्लिनसम्म चितवनका यात्रुहरु थिए । मुग्लिनबाट चालक दलका तीनजना र एकजना मात्र यात्रु लिएर काठमाडौँतर्फ गएको थियो’, गोरखा दरौँदी यातायात सेवा कम्पनीका अञ्जन खत्रीले भने, ‘बाटोमा अरु यात्रु थपिएको भए केही थाहा भएन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.