पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी

काठमाडौं – पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ ।

पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो । साहित्यकारहरूका पुराना पुस्तकहरूलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरू बाहिर पाउन मुस्किल प्रायः रहेको साझा प्रकाशनका अध्यक्ष डा.विजय सुब्बाले बताउनु भयो । प्रदर्शनीमा वैरागी काइँला लगायतका वरिष्ठ साहित्यकारहरू पुग्नुभएको बताउनु भयो । साझा प्रकाशन समस्यामा भएको संस्था भएकाले सबैले साझा प्रकाशन बचाउन लाग्नुपर्ने बताउनु भयो । साझा बचाउन र साझालाई गति दिन पुस्तक प्रदर्शनी लगायतका गतिविधि गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पहिला आख्यानहरू धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताउनु भयो । साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएका छन् ।

उहाँले भन्नुभयो, ‘प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म प्रदर्शनी राखेको हो । हामीले बर्षको दुई पटक राख्ने गरेका छौँ । साझा प्रकाशनमा अमूल्य पुस्तकहरू छन् । सबै पाठकहरूको नजरमा परिरहेको हुँदैन । त्यसैले हामीले पुराना र महत्त्वपूर्ण पुस्तकलाई प्रदर्शनीमा राखेर पाठकहरूलाई आकर्षित गर्न सकिन्छ भनेर राखेका हौँ । अहिलेसम्म आइपुग्दा वैरागी काइँला जस्ता व्यक्तित्व पनि आउनुभयो । अरू धेरै व्यक्तित्व र सर्जकहरू आउनुभएको छ । हामीसँग पुराना प्रकाशित पुस्तकहरू बाहिर भेटिँदैनन् । ती पुस्तकहरू खरिद गर्नका लागि आउनुहुन्छ । साझा पुस्तकबाहेक व्यक्तिगत हिसाबले प्रकाशित पुस्तकहरू पनि छन् । तिनीहरूलाई हामीले अन्य शीर्षकका पुस्तकहरू भन्छौँ । साझा प्रकाशन समस्यामा भएको संस्था हो । अगाडिका सञ्चालक र व्यवस्थापकहरूले यसलाई चुर्लुम्मै डुबाइदिए । त्यसैले यो सङ्कटमा छ । साझा बचाउन र गति दिन यस्तै कार्यक्रम गरेर केही दिन सकिन्छ की भनेर हो । साझा प्रकाशन बचाउन हामीले सबैको सहयोग खोजिरहेका छौँ ।’

पुस्तकहरू जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकहरूमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरू बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको बताउनु भयो । पुस्तक प्रदर्शनी असोज १५ गतेसम्म सञ्चालन हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.