दक्षिणपूर्वी अमेरिकाका पाँच राज्यमा हेलेन नामक आँधी: ६० भन्दा बढी मानिसको मृत्यु

एजेन्सी –  अमेरिकाका केही राज्यहरुमा हेलेन नामक आँधीले ठूलो विनास निम्त्याएको छ ।

हेलेनको बढी असर दक्षिण पूर्वी अमेरिकाका पाँच राज्यहरुमा देखिएको छ । आँधीकै कारण यी राज्यहरुमा हालसम्म ६० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

आँधीले उत्तरी क्यारोलिनामा विनासलिला नै मच्चाएको थियो । आँधीले भारी वर्षा गराउनुका साथै शहरभरि बाढी बसेर जलमग्न भएको थियो ।

आँधीका कारण ४ सयभन्दा बढी सडकहरु बन्द भएका छन् । यस राज्यमा मात्रै ११ जनाको मृत्यु भएको छ । घरहरु ध्वस्त भएका छन् । खानेपानी प्रणाली ध्वस्त हुनुका साथै लाखौ नागरिक बिजुलीबिहिन भएका छन् । आँधीबाट प्रभावितको उद्दार तथा राहतको काम भइरहेको छ ।

अमेरिकी रेडक्रसले दक्षिणपूर्वी राज्यहरुमा आफ्ना घरहरु छोडेर आएकाहरुका लागि १ सय ४०भन्दा बढी आश्रयस्थलहरु खोलेको छ । हाल २ हजारभन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका छन् । उत्तरी क्यारोलिनामा मात्रै १ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.