शिवपुरीमा माइक्रोबस दुर्घटना , चालकसहित ११ घाइते, दुई गम्भीर

नुवाकोट – नुवाकोटको पुर्वी भेगमा रहको शिवपुरीमा माइक्रोवस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौ टोखा–छहरे–गंगटे सडकखण्डको वीचमा रहेको शिवपुरी गाउंपालिका ७ अदुवारवारी घुम्तीमा माइक्रोवस सडकवाट एक सय ५० मिटर तल खसेर दुर्घटाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

काठमाडौवाट नुवाकोट हुदै कास्कीको पोखरा जाने क्रममा रहेको ग १ ख ४५३५ नम्वरको यात्रुवाहक माइक्रोवस सोमवार दिउंसो को शिवपुरीमा भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरिक्षक तीलक भारतीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनु भयो । दुर्घटना लगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्धार गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.