विपद्बाट प्रभावित १३ जिल्लाका लागि बागमती सरकारले दुई करोड ३० लाख राहत रकम पठाउने

मकवानपुर – बागमती प्रदेश सरकारले बाढी पहिरोमा परि मृत्यु भएकाको परिवारलाई प्रति परिवार एक लाख राहत रकम उपलब्ध गराउने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मृतकका परिवारलाई तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । विपद्बाट प्रभावित प्रदेशका १३ वटै जिल्लामा कुल दुई करोड ३० लाख राहत रकम पठाउने निर्णय गरेको छ ।

विपद्बाट सबैभन्दा बढी क्षति पुगेको काभ्रेपलान्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाडौँ र सिन्धुपाल्चोकलाई २०÷२० लाख दिने निर्णय भएको छ ।

त्यस्तै, दोलखा, रोमछाप, मकवानपुर, सिन्धुली र भक्तपुर जिल्लालाई दश÷दश लाख पठाउने निर्णय भएको मन्त्री लामिछानेले जानकारी दिनुभयो । राहत रकम प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश विपत् व्यवस्थापन कोष मार्फत सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिनेछ ।

त्यस्तै, खोज, उद्धार तथा प्रतिकार्यका लागि प्रति जिल्ला पाँच÷पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । जिल्ला प्रशासन कार्यालयहरूबाट थप रकम माग भई आए तत्काल मन्त्रालयबाट थप रकम उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । बैठकले प्रदेश मातहतका सडकहरू तत्काल मर्मत गर्ने र सङ्घीय अधिकार क्षेत्रका सडक निर्माणका लागि सङ्घ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.