धादिङको परेवा भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
धादिङ- गजुरी गाउँ पालिकासम्म वडा नम्बर-२ मलेखुको माछा बजार नजिकै परेवा भीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।
पहिरो ठुलो भएकोले अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज राजमार्गमा सवारी चाप निकै बढेको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरू रोकिएका छन् ।
सडक खुलाउनका लागि प्रयास गरिएको भए पनि राति र अँध्यारोका कारण थप समस्या भएको भनाइ छ। सो स्थानमा पहिरो खस्ने समस्या रहेको पनि प्रमुख पाण्डेले बताउनु भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्