राष्ट्रिय शोकको घोषणा, विपद् कोषमा १ अर्ब निकासा गर्ने निर्णय

काठमाडौँ- सरकारले बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विपद्मा राष्ट्रीय शोकको घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले तीन दिन राष्ट्रिय झण्ड आधा झुकाउने निर्णय गरेको छ  । मन्त्रीहरुको १ महिनाको पारिश्रमिक सहयोग गर्नुका साथै  विपद कोषमा १ अर्ब रुपैया उपलब्ध निकासा गर्न निर्णय समेत बैठकले गरेको छ ।

बाढी पहिरोका विस्थापितहरुलाई स्थानीय तहको समन्वयमा बस्ने ब्यवस्था मिलाउनुका साथै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.