सुर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा बाढी पहिरोको क्षतिको स्थलगत निरीक्षण

कटुन्जे – अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुराएको क्षतिबारे अध्ययन गर्न सूर्य विनायक नगरपालिकाका जनप्रतिनिधिहरूले स्थलगत अवलोकन गरेका छन् । लगातार तीन दिनसम्म परेको वर्षाका कारण आएको बाढी पहिरोले पुराएको क्षतिको अवस्था बारे जानकारी लिन सोमबार १० वटै वडाको स्थलगत अनुगमन गरिएको हो ।

नगरप्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरू र प्राविधिकको टोलीले अवलोकन गरेको हो । लगातार तीन दिनसम्म भएको वर्षा पछि आएको पहिरोमा परि नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुराएको छ । बाढी पहिरो पीडितलाई राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र माथिल्लो निकायसँग पनि समन्वय तथा पहल गर्ने नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले बताउनुभयो ।

नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नंं ९ का वडाध्यक्ष भगवान् खत्रीले पहिरोको कारण अवरुद्ध सडक एक्स्काभेटर प्रयोग गरी खुलाउने काम भइरहेको जानकारी दिनुभयो। बाढी पहिरोले विभिन्न वडामा पुराएको क्षतिको विवरण समेत सङ्कलन भइरहेको संयोजक खत्रीले बताउनुभयो । क्षतिको यकिन विवरण आइसकेपछि आवश्यक निर्णय गरिने नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.