कालीगण्डकीका ३५ सय विद्यार्थीलाई व्यक्तिगत बैंक खाता

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विद्यार्थीलाई वित्तिय साक्षर बनाउन निशुल्क बैँक खाता खोल्ने कार्यक्रम सञ्चालन गरेको छ ।

सानै उमेरबाट आर्थिक बचत गर्ने बानीको विकास गराउन पहिलो चरणमा वित्तिय साक्षरता कार्यक्रम र दोस्रो चरणमा निशुल्क खाता संचालन गर्न थालिएको हो ।

साझेदारीमा विद्यार्थी वचत खाता संचालन कार्यविधि राजपत्रमा प्रकाशित गर्दै शिसु देखि १२ कक्षासम्मका ३५ सामुदायिक विद्यालयका ३५ सय विद्यार्थीको खाता निशुल्क खोलिने भएको हो ।

कालीगण्डकी गाउँपालिका र प्राईम कमर्सियल बैंकको साझेदारीमा खोलिएको खातामा बैँकले एकसय र पालिकाले एक सय गरी दुई सय रुपैँया जम्मा हुनेछ ।

वित्तिय साक्षरता कार्यक्रम विद्यालयमा लागू गरेको पालिकाले सैद्धान्तिक ज्ञान सँगै व्यवहारीक ज्ञान प्रदान गर्न यो कार्यक्रम संचालन गरेको हो ।

यो कार्यक्रम लागू भएसँगै विद्यार्थीले पाउने पुरस्कार, छात्रबृति, अक्षयकोष दक्षिणा लगाएतको रकम सिधै विद्यार्थीको खातामा जम्मा हुने भएपछि विद्यार्थी पनी निकै खुसी भएका छन् ।

सवै नागरिकको बैँक खाता हुनुपर्ने नेपाल सरकारको उदेश्यलाई सार्थकता दिन यो कार्यक्रम प्रभावकारी रहेको प्राईम कमर्सियल बैँक गण्डकी प्रदेशका प्रमुख बुद्धिराज बरालले बताउनुभयो ।

सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउँदै वित्तिय साक्षरतामा अब्बल बनाउँदै वित्तिय लाभ लिने र उद्यमी युवाहरु उत्पादन गर्ने पालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.