दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सुचारु

पश्चिम नवलपरासी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक भासिदा हिजो रातीदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिनुभयो ।

रातभर दुइवटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइतर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट-४ दाउन्ने जंगलस्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने तीन मिटर सडक भासिएको थियो ।

अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।

ठेकेदार कम्पनी चाईना स्टेट कन्ट्रक्सनसँग समन्वय गरी गएराती बाटै काम सुरु गरी समयमै राजमार्ग सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.