२० बर्ष लगाएर बनाएको विपी राजमार्ग दुई दिनको बर्षाले क्षतविक्षत -फोटो फिचर

 सिन्धुली  –  झन्डै बिस बर्ष लगाएर बनाएको विपी राजमार्ग दुई दिनको बर्षाले तहशनहश भएको छ ।

शुक्रबार र शनिबार परेको अविरल बर्षाले बनेपा सिन्धुली बर्दिबास राजमार्ग ठाँउठाँउमा भत्किएर यातायात अवरुद्ध भएको छ ।

जापान सरकारको करिब २६ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको बीपी राजमार्ग बाढी र पहिरोले भत्काएपछि शुक्रबार देखि पुर्ण रुपमा यातायात बन्द भएको छ ।

सिन्धुलीदेखि नेपाथोक सम्म एकतर्फी सुचारु भएपनि नेपालथोकदेखि धुलिखेलसम्म पुर्ण रुपमा राजमार्ग अवरुद्ध भएपछि यातायात अवरुद्ध भएको हो । चार खण्डमा विभाजित गरि बनाइएको राजमार्गमा बाढी र पहिरोका कारण तेस्रो र चौथो खण्डमा बढी क्षति पुगेको छ ।

राजमार्गको पहिलो खण्ड महोत्तरीको बर्दिबास–सिन्धुलीमाढी दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट तेस्रो खण्ड खुर्कोट–नेपालथोक र नेपालथोक–धुलिखेल चौथोखण्ड गरि निर्माण भएको राजमार्गको तस्रो खण्ड अन्र्तगत सुनकोसीको कानढुङग्री भन्ने स्थानमा र नेपालथोकमा रोशी र कोसी नदीले कटान गरि विपी राजमार्ग पुर्ण रुपमा क्षति भएको छ भने अन्य विभिन्न स्थानमा राजमार्ग चिरा परेर जोखिम भएको छ ।

चाडपर्व नजिकिदै गर्दा राजमार्ग भत्किएर सवारी आवातजावतमा समस्या भएपछि यात्रु तथा व्यवसायिहरु चिन्तित भएका छन् । जापानी कम्पनी हाज्मा–आन्दो जेभीले सन् १९९६ मा निर्माण सुरु गरि २०१५ मार्चमा सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको विपी राजमार्गमा २०७२ सालको भुकम्पभन्दा बढी क्षति अहिलेको बाढी पहिरोले गरेको छ ।

बाढी र पहिरोले क्षति गरेको राजमार्ग पालिकाको तर्फबाट गर्न सक्ने काम भइरहेको र राजमार्ग निर्माणको काम राज्यलेनै गर्नुपर्ने सुनकोसी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइराला बताउनु हुन्छ ।

विपी राजमार्गमा नेपालमै पहिलोपटक ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि अपनाएर निर्माण गरिएको थियो ।

बीपी राजमार्ग हुदै सिन्धुलीसहित तराईका विभिन्न जिल्ला तथा पूर्वी नेपालको काँकडभिट्टादेखि झापा, मोरङ, धरान, धनकुटा लगायत दर्जनौ जिल्लाबाट हजारौ सवारी काठमाण्डौ आवातजावत गर्दै आएका छन् ।

चाडपर्व नजिकिदै गरेकाले विपी राजमार्गलाई भत्किएको स्थानमा तत्काल बैकल्पिक मार्ग निर्माण गरेर यातायात सुचारु गरि दशै मनाउन घर आउनेलाई सहजता दिन सरकार लाग्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.