एमाले सचिवालय बैठक जारी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको बसेरा होटलमा जारी छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै  हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उहाँले जानकारी दिनुभयो । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.