प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले हालै आएको अविरल बर्षा, बाढी र पहिरोबाट पुगेको जनधनको क्षतिका बारेमा सम्बोधन गर्नुहुने बताइएको छ ।

यसैगरी, हिजोमात्र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिई स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले महासभामा नेपालको प्रस्तुतीका बारेमा समेत सम्बोधन गर्ने जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.