एनआरएनए युकेले बाढी पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने

लन्डन – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेले लगातार भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई   १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सङ्घका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमवार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरूको लागि सो सहयोग गर्ने निर्णय गरेको हो ।

सङ्घले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णय समेत गरेको छ ।
सङ्घका महासचिव गोविन्द खरेलले सञ्चालन गरेको बैठकले  उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको छ ।

बैठकमा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष रामशरण सिम्खडा, युरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसिसी सदस्यहरू चरिन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैर आवासीय नेपाली सङ्घ युकेका पदाधिकारी तथा सदस्यहरू, स्कटल्यान्ड राज्य परिषद्का अध्यक्ष दिवाकार पाण्डे, ईङल्याण्ड राज्य परिषद्का अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो ।

यसअघि गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमवार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले राष्ट्रिय समितिहरूलाई राहत वितरणमा सक्रिय  हुन अनुरोध गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.