पहिरो पन्छाउने काम सकिएसँगै पृथ्वी राजमार्ग संचालनमा

धादिङ- आज बिहानदेखि बन्द नागढुंगा-नौविसे सडक खण्ड अहिले संचालनमा आएको छ।

दिनभर सो सडक खण्डमा पहिरो पन्छाउने काम भएकोले बाटो बन्द गरिएको थियो ।

अहिले मुल मुल ठाउँमा पहिरो पन्छाइएकोले यातायात संचालनमा आएको हाम्रा धादिङ संवाददाता शिव सिलवालले जानकारी दिनुभएको छ ।

दिनभर बाटो बन्द हुँदा काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ भित्रिने गाडीहरुको लामो लाइन छ ।

लाइन लामो भएकोले यात्रुहरुले कष्ट भोग्नुपरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.