अमेरिकी चुनावको बारेमा चिन्तित छैन ः नेटो प्रमुख

ब्रसेल्स(बेल्जियम)- मार्क रुटले युक्रेनलाई समर्थन गर्ने वाचा गर्दै मङ्गलबार विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नेटोको नेतृत्व ग्रहण गर्नुभएको छ ।

रुटले आसन्न अमेरिकी राष्ट्रपति चुनाव जित्ने जो कोहीसँग काम गर्न सक्ने उल्लेख गर्दै गठबन्धनको स्थिरतामा मतदानको सम्भावित प्रभावबारे “चिन्तित नभएको“ बताउनुभएको छ ।

“मलाई चिन्ता छैन, म दुबै उम्मेदवारलाई राम्ररी चिन्छु, मैले डोनाल्ड ट्रम्पसँग चार वर्ष काम गरेँ “ उहाँले भन्नुभयो ।

युक्रेनलाई सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक राष्ट्रको रूपमा सुनिश्चित गर्नका लागि नेटो सधै युक्रेनको पक्षमा रहने उहाँले पत्रकारहरूको प्रश्नमा प्रष्ट पार्दै बताउनुभएको हो ।

यद्देपी क्रेमलिनको पूर्ण आक्रमणको साढे तीन वर्षभन्दा बढी समयसम्म पनि रूसी सेना युद्धको मैदानमा अघि बढ्दै जाँदा युक्रेनलाई पश्चिमी समर्थनबारे अनिश्चितता उत्पन्न भएको छ ।

हालसम्म नेटोका सदस्यले युक्रेनलाई सबै विदेशी हतियारको ९९ प्रतिशत आपूर्ति गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.