खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको आग्रह

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको बताउनु भयो ।

उहाँले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक,पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनु भयो ।

उहाँले दशैँ—तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताउनु भयो । उहाँले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताउनु भयो ।

उहाँले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली काँग्रेस संसदीय दलको बैठकले सात निर्णय गरेको छ । गत असोज १२ र १३ गते अविरल वर्षाको कारण गएको बाढी पहिरोले धेरै धनजनको क्षति भएको छ । बाढी पहिरोमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छौं । बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं । अहिले पनि कतिपय मानिसहरु उद्धारको प्रतिक्षामा छन् । सडक बाटोमा फसेका मानिसहरु तत्काल नेपाल सरकारले उद्धार गरोस् ।

प्राकृतिक प्रकोपको कारणबाट साना ठूला धेरै सडकहरु अवरुद्ध भएका छन् । विपी राजमार्ग,सडक पुलहरु भत्किएको छ । पूर्वको लाइफलाइन बन्द भएको छ । खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ । सरकारले सडक सुचारु गर्न तिब्रता दिओस् । दशैं तिहार जस्ता चाडपर्वहरु छन् । बाटो खुलाउन अग्रसर हुन आग्रह छ ।

विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत भत्किएका छन् । ती संरचना तत्काल निर्माण गरेर सेवा सुचारु गर्न माग गरेका छौँ । विपद्मा बजारमा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहन्छन् । सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने र यातायातको भाडादरहरुलाई नियन्त्रण गर्ने र साविककै भाडादरलाई कायम राखेर सडक र हवाई यातायात सेवा दिन सरकारले वातावरण बनाउन माग गरेका छौं ।

विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपत व्यवस्थापनको लागि प्रदान गर्ने भन्ने निर्णय संसदीय दले पास गरेको छ । इजरायल र लेभलान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको बुझीएको छ । नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छौं । नदी कटान र बाली नष्टको क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय गरेका छौं ।’

उहाँले विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका (प्रतिनिधि सभा र राष्ट्रिय सभाका) सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताउनु भयो । उहाँले इजरायल र लेवनान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा ल्याउन सरकारसँग माग गरेको बताउनु भयो । उहाँले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.