सूर्य दर्शन सहकारी ठगी प्रकरणमा लीला पछाईं पक्राउ

काठमाडौँ – कास्कीको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । उनीले सहकारीका अध्यक्ष जीवी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैङ्क खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।

सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.