नागढुंगा-मुग्लिन खण्डमा दुइतर्फी यातायात सञ्चालन, जाम हुन नदिन ठाउँठाउँमा प्रहरी परिचालन

धादिङ- अविरल वर्षापछिको बाढी र पहिरोले अवरुद्ध त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक खण्डमा दुईतर्फी सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै दशैं मनाउन घर जानेको घुइँचोले बसहरु खचाखच भरिएका छन् ।

साथै लामो समयदेखि राजधानी प्रवेश गर्न नपाएका मालबाहक सवारी साधन र यात्रु बोक्ने सवारी साधनले दुबैतर्फको सवारी चाप बढाएको छ ।

नागढुङ्गा मलेखु–मुग्लिन सडक खण्ड अझै पनि निर्माणाधीन अवस्थामा छ । अझै पनि ठाउँ ठाउँमा पहिरोको उच्च जोखिममा रहेकोले सावधानीपूर्व सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

राजमार्गमा सवारी जाम हुन नदिन ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ । साथै पहिरो खसिहालेमा तत्काल पन्छाउन लागि राजमार्गमा नै आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

हालको अवस्थामा भने नागढुङ्गा मलेखु-मुग्लिन सडक खण्ड दुईतर्फी नै यातायात सञ्चालन सहज रूपमा भइरहेको छ । गत बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरो पन्छाई सवारी हिजोदेखि दुवैतर्फी सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय सवारी जाम कम गर्न लागि धादिङ प्रहरीले साना सवारी साधनहरूलाई नुवाकोट हुँदै गल्छी टोखा छहरे सडक प्रयोग गरी राजधानी प्रवेश गराएको छ ।

यसैगरी मालवाहक र ठूला यात्रुवाहक सवारी साधनहरूलाई गल्छी-नागढुङ्गा सडकबाट नै राजधानी प्रवेश गराएको छ । अत्यावाश्यक साना सवारी र बिरामी बोकेका एम्बसलेन्सलाई पनि साबिककै बाटोबाट पठाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.