घन प्रहारले एक को मृत्यु

 स्याङ्जा –  स्याङ्जाको हरिनास गाउँपालिकामा घनले टाउकोमा प्रहार गर्दा एकको मृत्यु भएको छ । मङ्गलवार बिहान घर आरनमा फलामको काम गरिरहेको अवस्थामा घनले टाउकोमा प्रहार भएको हो ।

मृत्यु हुनेमा हरिनास गाउँपालिका ४ बाङ्गेश्वरा बस्ने ५८ वर्षीय प्रेम बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । घन प्रहार गरेको आरोपमा ३२ वर्षका सुरेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.