सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक नेपाल भित्रिए

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक

काठमाडौं – नेपालमा सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार पर्यटक आएका छन्।

पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअुसार गत महिनाभरीमा ९६ हजार ३०५ पर्यटक भित्रिएका हुन्।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन्।

त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन्।

त्यसैगरी, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।

अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.