माटोको ढिस्काले पुरिएर दुई जनाको मृत्यु

हुम्ला – हुम्ला-माटाेकाे ढिस्कोमा पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ।

ताजाँकाेट गाउँपालिका-३ का धुर्ब शाही र मनसुरा मल्लकाे माटो ढिस्कोले पुरिएर बुधवार मृत्यु भएको हो।

दसैँ तिहारको लागि घर पाेत्ने कमेरो माटो खन्न क्रममा बिहान ८ माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

ताजाँकाेट गाउँपालिका-३ काे रामा गाउँको अउल भन्ने स्थानमा घर पोत्ने कमेरो माटो खन्ने बेला ढिस्कोले च्यापिएर दुईजनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो। एक जना सामान्य घाइते र दुई जनाको मृत्यु भइसकेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.