भोलिबाट बडादशैं सुरु हुँदै,घटस्थापनाको शुभ साइत ९ बजेर १६ मिनेटमा

काठमाडौँ – भोलिबाट हिन्दुहरुको महान चाँड बडादशैं सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ।  यस्तै असोज २६ गते सनिवार टिकाको दिन परेको छ भने । टिका ग्रहणको शुभ साहित भने ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.