गोरखा दरबारको दसैँ घरमा आज बिधिपूर्वक जमरा राखियो

गोरखा – गोरखाको गोरखा दरवारको दशै घरहरुमा आज बिधिपूर्वक जमरा राखिएको छ ।

बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा दरवार र वरपरगरी ३ पाथीको जमरा राखिएको मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

बिधी अनुसार गोरखा दरवार भित्रको गर्भ गृहमा ४ माना, गोरखनाथ मन्दिर भित्र ४ माना, दरवार भित्रको जमरा कोठामा १ पाथी तथा उपल्लो र तल्लो कोटमा १/१ मानाको जमरा राखिएको छ ।

त्यस बाहेक पनि दरवारसंग जोडिएका केही अन्य स्थानका पिठहरुमा पनि जमरा राखिएको छ । परम्परा अनुसार बिहान सवेरै झिसमिसे उज्याालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा जमरा राखिएको पुजारी भट्टराइले जानकारी दिनु भयो ।

गोरखाको गोरखा दरवारमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले आ–आफ्नो घरको पूजा कोठामा जमरा राख्ने परम्परा रहँदै आएको छ । आजैदेखि गोरखा दरवार र यसका पिठहरुमा सरकारी बलि दिने गरीन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.