मध्य पहाडी राजमार्ग सुचारु हुँदै

 सिन्धुली- बाढी र पहिरोका कारण झन्डै एक साता देखि अवरुद्ध रहेको मध्य पहाडी राजमार्ग आज बिहीबार वाट सुचारु हुने भएको छ ।

गत असोज ११ र १२ गते आएको अविरल वर्षाले अवरुद्ध भएको मध्य पहाडी राजमार्ग आजबाट खुल्ने गोलञ्जोर गाउँपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिनुभयो ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले मध्य पहाडी राजमार्गका ठाँउ ठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो । चार ओटा एक्स्काभेटरले निरन्तर तिन देखि देखि पहिरो पन्छाउने काम गरिरहेकाले आज दिउसो सम्म एकतर्फी सुचारु हुने उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।

अहिले गोलञ्जोर गाउँपालिकाको कुखुरे टार र कालिआप भन्ने स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ, उहाँले भन्नुभयो अब एकतर्फी सञ्चालनमा आउने भएको छ ।

खुर्कोट घुर्मी करिब ६० किलोमिटरका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । गोलञ्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीका अनुसार कुखुरे टारमा ठुला ढुङ्गा सहितको पहिरो भएकाले पन्छाउने काम भइरहेको र त्यो अवरुद्ध हटेपछि दिउसोबाट मध्य पहाडी राजमार्ग खुल्नेछ ।

बाढी पहिरोले मध्य पहाडी राजमार्गको खुर्कोट घुर्मी खण्डस्थित अक्करेभिर, हैबारबेसी बलेनी, मुर्कीबेसी कुखुरे टार कालिीआप कुडुले सुमनामबेसी, नवलपुर निगुरेखोला पञ्चकन्या लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो ।

पहिरो पन्छाउन स्थानीय तह सडक आयोजना तथा स्थानीय बासिन्दाहरू सक्रिय भएका थिए । खुर्कोट  घुर्मी खण्ड सुचारु भएसँगै पूर्वी पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा सोलुखुम्बु, भोजपुर लगायतका सवारी खुल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.