झ्याप्ले खोला पहिरोमा परी मृत्यु भएका सबैको सनाखत (नाम, ठेगानासहित)

धादिङ- त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे सडक खण्डमा पर्ने काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्वर २ स्थित झ्याप्ले खोलामा पहिरोमा परी मृत्यु हुनेको सनाखत भएको छ ।

काठमाडौँ र धादिङको सिमानामा पर्ने सो स्थानमा गत बिहीबार परेको अविरल वर्षाले लेदोसहितको पहिरोले तीनवटा सवारी साधन पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

बुटवलबाट, गोर्खा र चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेका तीन सवारीका साधनहरूलाई लेदोसहितको पहिरोले पुरेको थियो । ती सवारीहरू पहिरोले पुर्दा २५ पुरुषसहित ९ महिला र एक जना बालीकासहित ३५ जनाले ज्यान गुमाएका थिए ।

१. बुटवल उपमहानगरपालिका–१६ का ३५ वर्षीय प्रकाश कुँवर
२. बुटवल उपमहानगरपालिका–१६ का ३३ वर्षीय अनुप तल ठकुरी कुँवर
३. बुटवल उपमहानगरपालिका–१६ का २९ वर्षीया सिर्जना कुँवर
४. रुपन्देहीको देवदह नगरपालिका–४ का ५० वर्षीय रमेश प्रसाद लुइँटेल
५. अर्घाखाँची सि.न.पा–७ २५ का बोमबहादुर खाम्चा
६. धादिङ धुनिवेशी नगरपालिका–९ का ३३ वर्षीय सुमन बजगाईं
७. स्याङ्जा गल्याङ नगरपालिका–३ का ४५ वर्षीया सिता भट्टराई
८. स्याङ्जा गल्याङ नगरपालिका–३ का १४ वर्षीया दीपिका भट्टराई
९. स्याङ्जा गल्याङ नगरपालिका–३ का १४ वर्षीय दिपेश भट्टराई
१०. गुल्मी दरबार गाउँपालिका–७ का ३२ वर्षका जुद्धबहादुर रायमाझी
११. गुल्मी दरबार गाउँपालिका–७ का ३१ वर्षका प्रमिता भुषाल
१२. गुल्मी दरबार गाउँपालिका–७ का २ वर्षका कृशव रायमाझी
१३. नुवाकोट सामरी–५ का २१ वर्षीय साइमन तामाङ
१४. पर्वत कुश्मा नगरपालिका–२ का ३१ वर्षीया पुष्पा शर्मा
१५. गोरखा बारपाक सुलिकोट–७ का २८ वर्षीय नवराज पन्त
१६. रुकुम पश्चिम मुसिकोट–१५ का ३९ वर्षीय तेजबहादुर विष्ट
१७. गोरखा गण्डकी गाउँपालिका–४ का ४० वर्षीय नवराज तिवारी
१८. बझाङ जयपृथ्वी नगरपालिका–१ का २३ वर्षीय नवीन सिंह
१९. चितवन भरतपुर नगरपालिका–२१ का २१ वर्षीय अनिता थापामगर
२०. मकवानपुर मनहरी–९ का ३३ वर्षीय सन्तु विक
२१. काठमाडौँ महानगरपालिका–१६ का ४८ वर्षीय आनन्द राजवंशी
२२. चितवन खैरहनी नगरपालिका–३ का १९ वर्षीय सिद्धार्थ गुरुङ
२३. तनहुँ भानु नगरपालिका–३ का २६ वर्षीय जनक कुँवर
२४. चितवन भरतपुर–९ का ५३ वर्षीय मोहनदास आचार्य
२५. चन्द्रागिरी नगरपालिका–१ का ५६ वर्षीय नरेन्द्र खत्री
२६. गोरखा भिमसेन गाउँपालिका–४ का ४७ वर्षीय मदन परियार दमै
२७. गोरखा भिमसेन गाउँपालिका–४ का १५ वर्षीय विनायक भट्टराई
२८. गोरखा धोर्चे गाउँपालिका–७ का २७ वर्षीय सुके दमै
२९. बागलुङ बडिगार्ड गाउँपालिका–२ का ५२ वर्षीय इन्द्रजित राना
३०. बागलुङ बडिगार्ड गाउँपालिका–२ का ४० वर्षीया भिमकुमारी राना
३१. जुम्ला सिजा गाउँपालिका–६ का ३९ वर्षीय हरिबहादुर बुढा
३२. धादिङ ज्वालामुखी गाउँपालिका–२ का २६ वर्षीया लिलामाया तामाङ
३३. सर्लाही चक्रघट्ट गाउँपालिका–६ का १७ वर्षीय वसन्त शाह
३४. सप्तरी सप्तकोसी नगरपालिका–७ का २८ वर्षीय नन्दप्रसाद किशोर चौधरी
३५. तनहुँ ब्यास नगरपालिका–५ बस्ने ३४ वर्षका लेखनाथ ओझा रहेको प्रहरीले जनाएको छ । उनिहरुका आफन्तले शव बुझी अन्तिम संस्कार गरेको पनी प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.