स्याङ्जामा जिप दुर्घटना :७ जना घाइते

 स्याङ्जा – स्याङ्जाकाे आधि खोला गाउँपालिका वडा नं. -०२ बेझाङ भाले खर्क स्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ ।

बिहान करिब ११ बजेको समयमा सिरुवारिबाट पोखरा तर्फ जाँदै गरेको ग. १ ज. ५७५६ नम्बरको बरेलो जिप (डबल क्याप) ब्रेक फेल भई सडकको कुना साइडको नालीमा पल्टिन जाँदा जिपमा संवार चालक सहित ८ जना मध्ये ७ जना घाइते भई उपचारको लागी सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको छ ।

चालक सामान्य रहेका छन् । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.