हवाई यातायातको भाडादरलाई न्यायोचित बनाउँछौँः मन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले हवाई यातायातको भाडादरलाई न्यायोजित बनाउने बताउनु भएको छ ।

हवाई यातायातको भाडा ह्वात्तै बढाएको भन्दै यात्रुहरुले सरकारको आलोचना गरिरहेका बेला उहाँले चाडपर्व र विपत्तिको बेला यस क्षेत्रको भाडादरलाई न्यायोचित बनाउने कुरामा सरकारले सम्बन्धित पक्षसँग निरन्तर छलफल गरिरहेको बताउनुभएको हो ।

नेपाल हवाई यातायात नियन्त्रक संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई यातायातमा भाडा बढेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई न्यायोचित र तर्कपूर्ण बनाउने कुरामा सरकार गम्भिर भएर लागि परेको बताउनु भयो ।

उहाँले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले हवाई यातायातको क्षेत्रलाई सहज र सुलभ बनाउन चाहेको पनि बताउन भयो । नेपालमा हवाई उडानको क्षेत्रको सम्भावना बढेर गएको स्पष्ट पार्दै त्यसलाई सहज बनाउने कुरामा पनि सरकार लागि परेको मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले विपत्ति र चाडपर्वसँगै आएका बेलाकाले यहाँहरुमाथि चाप पनि परेको छ । नागरिक उडडयनप्रति चाप पनि परेको छ । त्यसलाई सहज बनाउने दिशामा भाडा बढेको कुरादेखि लिएर विभिन्न विषयहरु आएका छन् ।

यसलाई कसरी न्यायोचित बनाउने ? कसरी यसलाई तर्कपूर्ण बनाउने ? कसरी निजनेबल बनाउने ? भन्ने कुरामा मन्त्रालय शुरु नै दिनदेखि ११÷१२ गते ठूलो भिषण वर्षा भयो ।

हामीले १२ गते नै मन्त्रालयका आकस्मिक बैठक बसेर तत्काल निकायहरुलाई निम्त्याएर, तत्काल क्षेत्र र सरोकारलाई निम्त्याएर हामी काम गरिरहेका छौं । र यो निरन्तर छ ।

अहिले पनि हामीले एयरपोर्ट संवद्ध टयाक्सी व्यवसायीहरुसँग पनि बसेर छलफल गरेका छौं । राति प्लेन आउँछ । बिहानै प्लेन चढ्न आउनुपर्दछ । त्यसका लागि के सहजीकरण गर्न सक्नुहुन्छ ? कसरी यात्रुलाई सुविधा दिन सक्नुहुन्छ भनेर हामीले एयरलाईन्स, हेलिकप्टरसँग सम्बन्धित संस्थाहरुसँग पनि कुरा गरिरहेका छौं । यात्रुहरुलाई सहज र सजिलो बनाउने विषयमा छलफल गरिरहेका छौं ।’

त्यस अवसरमा मन्त्री पाण्डेले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिने गरी काम गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.