सिस्नेरी पहिरोमा ज्यान गुमाउने एन्फा एकेडेमीका खेलाडीका परिवारलाई जनही दुइ लाख सहयोग

बागमती- मकवानपुरमा अविरल बर्षाको कारण केहि दिनअघि मात्र पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका बिद्यार्थीका परिवारलाई जनही दुइ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले घरमै गएर मृतकका परिवारलाई राज्यको तर्फबाट दिइने दुइ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । यहि असोज ११ र १२ गते आएको अविरल वर्षाले पहिरोमा परी ज्यान गुमाउने ६ जनामध्ये तीन जना मकवानपुरका बासिन्दा हुन् ।

हेटौडा उपमहानगरपालिका-१२ बस्ने अनुपम घलानका पिता ललित घलान जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख हुनुहुन्छ ।

प्रमुख घलानसहित मकवानपुरगढी गाउँपालिका -४ का मृतक साइमन योञ्जनका पिता हेम बहादुर योञ्जन र मकवानपुर सिस्नेरी टेकरका दिवस बानियाको परिवारलाई जिल्ला विपद व्यवस्थापन समितीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी चिलुवालले चेक हस्तान्तरण गर्नु भएको हो ।

मृतक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाण्डौका प्रियान्स आचार्य र निजगढका विकल रेग्मी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.