बाढीपहिरोले बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति (फोटो फिचर)

काभ्रे- गत साताको आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति भएको छ ।

जहाँ १२ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । बाढी र पहिरोबाट पालिकाभर करिब ६ सय घर परिवार विस्थापित भएको उहाँले बताउनुभयो ।

बाढी पहिरोबाट प्रभावितहरु भने सुरक्षित बासस्थान खोज्दै हिंडिरहेका छन् । गाउँमा बस्ने बासस्थान नै नभएपछि आफन्त खोज्दै, कोठा खोज्दै हिंडेको उनीहरु बताउँछन् ।

गाउँपालिकामा बाढी र पहिरोले अरबौंको क्षति भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । उहाँका अनुसार, अहिले यहाँ बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ ।

गाउँपालिकाले पूर्वाधारमा पहिले सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । पालिकाको विभिन्न स्थानमा २० जटा डोजर लगाएर नयाँ ट्रयाक खोलेर बाटो बनाउने काम भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

बेथानचोक गाउँपालिकाभित्र विभिन्न स्थानमा रहेका भौतिक संरचना पनि ठूलो क्षति भएको छ । पालिकाको आफ्नो भवन र विभिन्न स्थानमा रहेका क्रसर तथा खानी उद्योगमा पनि क्षति भएको छ ।

अहिले बेथानचोक गाउँपालिका वडा नं ४ स्थित सलान्दु खोलाका किनारमा करिब ५० वटा टिपर बगेर क्षत–विक्षत अवस्थामा छन् । पालिकामा अहिले बिजुली, सडकबाटो, सञ्चार लगायतका अत्यावाश्यक सेवाहरु अवरुद्ध भएको छ ।

काभ्रेमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७२ जना, अझै पाँच जना वेपता रहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.