मकवानपुर :ई भी माइक्रो दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर –  काठमाडौँबाट धरान जाँदै गरेको ई भी माइक्रो मकवानपुरको बागमती गा पालिकामा दुर्घटनामा परेको छ ।

प्रदेश ००१ ज ४३२८ नम्बरको माइक्रो मदन भण्डारी लोक मार्गमा अन्तर्गत बागमती गाउँपालिका -८ सात्तले भन्ने स्थानमा दुर्घटना भएको हो । १२ यात्रु लिएर जाँदै गरेको उक्त माइक्रो आफै अनियन्त्रित भई सडक छेउको नालामा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक धनकुटा जिल्ला बुद्ध  नगरपालिका – १ हिले बस्ने वर्ष ५२ का देवी थापा , सोही स्थान बस्ने वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चावेल बस्ने अन्दाजी वर्ष ४८ कि बिना तामाङ सामान्य घाइते भएका छ्न।

घाइते सबैको हेटौडा स्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.