गायक सञ्जय चौधरीको “माया” सार्वजनिक

काठमाडौँ –   गायक सञ्जय चौधरीले आफ्नो शब्द, सङ्गीत, स्वर रहेको नयाँ गीत ल्याएका छन् ।

“माया”बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई सञ्जय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारु, निरज बाबु र दीपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरू रङ्गमञ्च क्षेत्रका हुन् ।

रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । सङ्गीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छायाङ्कन भएको हो ।

भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा तारु परिवेश पनि झल्किन्छ ।

हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरूको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जनौँ गीत आइसकेको छ ।

भिडियो : https://youtu.be/wgsx3ojetT8

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.