भारतीय गोर्खा राई फल्सका ‘कर्णेल अफ दी रेजिमेन्टको नेपाल भ्रमण

दुई देशका सेनाबिचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल

काठमाडौँ – भारतीय सेनाका मेजर जनरल तथा ३ गोर्खा राई फल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरण जीत सिंह देवगन नेपाल भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । ६ दिने नेपाल भ्रमणका लागि मेजर जनरल देव गन गत १४ असोजमा काठमाडौ आउनुभएको थियो।

भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभयो । नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबिचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा प्रधानसेनापतिसँग संवाद भएको काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा जनाएको छ ।

मेजर जनरल देवगनको भ्रमण सफल र फलदायी रहेको भारतीय दूतावासले जनाएको छ । उहाँले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावास स्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेको दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले नेपाल भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेट तथा पोखरा भ्रमण गर्नुभएको थियो।

उहाँले पोखरामा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभयो । नेपाल भ्रमणका क्रममा उहाँले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण समेत भ्रमण गर्नुभएको थियो । उहाँले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिनुभएको दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेजर जनरल देवगनलाई नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल बि सुब्रमण्यमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.