धादिङ्गमा सार्वजनिक जमिनको संरक्षण सुरु

धादिङ- पृथ्वी राजमार्ग क्षेत्रमा पर्ने धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक जमिनको संरक्षण सुरु गरेको छ ।

राजमार्ग क्षेत्रमा जमिनको महत्त्व बढ्दै जान थालेसँगै मानिसहरूले अतिक्रमण गरी बसेका वन क्षेत्रका सार्वजनिक जमिनमा निर्माण गरेको संरचना भत्काउनसमेत सुरु गरिएको हो ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालय धादिङ र डिभिजन वन कार्यालय धादिङको सहयोगमा बेनीघाट रोराङ्ग गाउँपालिका क्षेत्र भित्र रहेको सार्वजनिक र सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको संरचनाहरू भत्काउन सुरु गरेको हो ।

पृथ्वी राजमार्गमा पर्ने सलाङ्गघाटबाट संरचना भत्काउन सुरु भएको छ।

विभिन्न पेशा व्यवसाय समेत अतिक्रमित जमिनमा निर्माण गरिएको संरचनामा सञ्चालन हुँदै आएको ले तत्काल भत्काउनका लागि डिभिजन वन कार्यालय धादिङले निर्देशन गरेको थियो ।

राजमार्ग क्षेत्रमा यसरी संरचना निर्माण गरिएको जमिनहरू भने अधिकांश घरायसी कागजको आधारमा खरिद बिक्री हुने गरेको छ । यस्ता जमिनमा बनेका घरहरू खाली गरी भत्काउने क्रममा निकै लामो समयदेखि विवादमा रहेको होटल कृपानञ्जलीसमेत परेको छ ।

सो होटेल सञ्चालकले पनि घरायसी कागजको आधारमा जमिन खरिद गरेको प्रमाण पेस गर्दै अदालतमा मुद्दा दायर गरेकोमा हाल सर्वोच्च अदालते कृपाञ्जली होटेल भएको संरचना कानुन सम्मत नभएको फैसला गरेपछि होटेल सञ्चालककै सहमतिमा स्थानीय तहको रोहवरमा संरचना भत्काइएको हो । सो होटेल विगत सात वर्षदेखि बन्द थियो ।

राजमार्गको क्षेत्रका सबै जसो स्थानहरूमा यस्ता जमिनहरू खरिद बिक्री हुने गरेको तथ्य पनि भेटिएको छ ।

धादिङका सबै स्थानीय तहहरूले पछिल्लो समय सार्वजनीन,बनलगायत सरकारी जमिन अतिक्रमण गरी निर्माण भएका संरचनाहरू खाली गर्दै सरकारी सम्पत्तिको संरक्षण सुरु गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.