रोटरी क्लब अफ कान्तिपुरव्दारा १७ घर परिबारलाई जस्ता पाता हस्तान्तरण

धुलिखेल – रोटरी क्लब अफ कान्तिपुरले हालै धुलिखेल नगरपालिका वार्ड नम्वर १२ संखुफेदी का १७ घर परिबारलाई जस्ता पाता हस्तान्तरण गरेको छ ।
हस्तान्तरणका क्रममा क्लबका तर्फबाट क्लबका पूर्व अध्यक्ष किरणनाथ प्याकुरेलले यस्तो विपद्का बेलामा सबैले आ आफ्नो क्षेत्रबाट सहयोगका हात बढाउनुपर्ने बताउनुभयो ।
उहाँले यस्तो प्राकृतिक विपत्तिमा सरकारको एकल प्रयास सम्भब नहुने भन्दै सबै क्षेत्र, वर्ग, विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त जस्तापाता स्थानीय प्रतिनिधिका रोहबरमा पीडितहरूलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्