बि.पी. राजमार्ग अन्तरगत वैकल्पिक मार्ग सुचारु गर्न प्रयास जारी

धुलिखेल – बि.पी. राजमार्ग बि.पी. राजमार्ग अन्तरगत वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु भएको छैन |

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायण स्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको छ |

एक साता अघिदेखि राजमार्गमा फसेका ७ सय सवारीहरूमध्ये ३०/३५ वटा सवारी साधन रोशी खोला पारी आएका छन् ।

अझै ४/५ ठाउँमा हिम पाइप हालेर बाटो खुलाउन बाकी रहेको केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.