हेटौडा -फाखेल -काठमाडौँ जोडने सडक बेलुकीसम्म सञ्चालनमा आउने

मकवानपुर –  हेटौडाबाट काठमाडौँ जोडने वैकल्पिक मार्ग कुलेखानी फा खेल सडक खण्डमा ट्रयाक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
यही असोज ११ र १२ गते आएको अविरल वर्षाको कारण हेटौडाबाट काठमाडौँ जाने वैकल्पिक छोटो राजमार्गहरू सबै अवरुद्ध थिए ।
यसबाट राजधानी आउने र राजधानीबाट फर्कने यात्रुहरूले थप सास्ती भोग्नु परेको थियो।यसैले बागमती प्रदेश भौतिक पूर्वाधार निर्देशनालयको सक्रियतामा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको हो ।
यो सडक खण्ड अन्तर्गत कुलेखानीको ड्याम मुनि पुल सगैं क्षति भएको बाटोको विकल्पमा डाइभर्सन निर्माण गरिएको छ भने महालक्ष्मी खोलाले बगाएको करिब ८०० मिटरको बाटोमा फिलिंग गरी सवारी सञ्चालनको लागि अन्तिम चरणमा पुगेको बागमती प्रदेश भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेलले बताउनु भयो।

फिलिंग पछि पनि सहज आवागमनको लागि कम्प्याक्ट गराउनु पर्ने हुनाले आज बेलुकीसम्म बाटो सञ्चालनमा आउने अनुमान गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.