बाढी पहिरोले ग्रामीण भेगका स्थानीयको जीवन कष्टकर

 

काभ्रे –  केही साता अघि आएको बाढी पहिरोले काभ्रे जिल्लामा ठुलो धनजनको क्षति व्यहोर्‍यो । जसबाट काभ्रेले अर्बौँको भौतिक क्षति व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरू भत्किए भने दर्जनौँ पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेको छ ।

बाढी पहिरोले काभ्रे जिल्लाको ग्रामीण भेगका स्थानीयको जीवन कष्टकर बन्दै गएको छ ।

जिल्ला सदरमुकाम देखि ग्रामीण भेग जोड्ने मुख्य सडकहरूमा क्षति पुगेकाले त्यहाँ खाद्यान्न ढुवानी गर्नै समस्या भएको छ । अहिले सडक बाटो, बिजुली, सञ्चार, खानेपानी लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ ।

काभ्रेको १३ वटा स्थानीय  तहमध्ये रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत खानी खोला गाउँपालिका तथा पनौती, नमोबद्ध, मण्डनदेउपुर नगरपालिका बाढी र पहिरोबाट प्रभावित भएकाले त्यहाँका स्थानीयको दैनिकी जीवन कष्टकर बनेको हो ।

अहिले काभ्रेको महाभारत, खानी खोला, बेथानचोक र रोशी, गाउँपालिका यातायात ठप्पै छन् ।

अरनिको राजमार्ग एकतर्फी सुचारु भए पनि बि.पी. राजमार्ग ठप्प छ । राजमार्ग अन्तरगत वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु हुन सकेको छैन ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो ।

स्थानीय तहहरूले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । बाढी र पहिरोबाट प्रभावित स्थानीय तहहरूले पनि पूर्वाधार विकासमा सडक सञ्जाल जोड्ने, बिजुली, सञ्चार जडान, खानेपानी लगायतका सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका जनप्रतिनिधि बत्ताउँछन् ।

काभ्रेमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको काभ्रे प्रहरीले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.