दसैँ तिहार नजिकिएसँगै हुम्लीलाई नेपालगन्ज र सुर्खेत झर्न समस्या

जहाज टिकटको लागि रातको २ बजेबाट लाइनमा लाग्नु पर्ने बाध्यता

हुम्ला –राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाका नागरिकहरू जहाज टिकटकाे लागि रातको २ बजेबाट लाइन बस्ने गरेका छन्।

दसैँ तिहार नजिकिए सँँगै जिल्लाबाट बाहिर जाने  जहाज टिकट नपाउँदा सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा निगमको जहाज टिकटकाे लागि २ बजेदेखि लाइन बस्न बाध्य छन्।

सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा जहाज निगमको जहाजले उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सास्ती भएको हो।

निजी एयरलाइन्स समिट दैनिक एक दुई उडान भरेपछि चाप थेग्न गाह्रो देखिएको छ।

निजी एयरलाइन्स सीता,ताराले नियमित उडान नभरेपछि समस्या भएको छ।  रातको २ बजे लाइन बसेर मात्रै जहाजको टिकट पाएको सिमकाेट गाउँपालिका-५ भीमबहादुर रोकायाले जानकारी दिनुभयो।

नेपाल एयरलाइन्सका कार्यालयमा २ बजेबाट लाईनमा बसेको रोकायाले बताउनुभयो।  जहाजको टिकटको लागि कुदाकुदै दसैँ मनाउन नेपालगन्ज झर्न नपाएको चंखेली गाउँपालिका-४ का अर्जुन रावलले बताउनुभयो। निजी एयरलाइन्स जहाज तारा,सीता, एयरलाइन्सका जहाजहरू पूर्व तर्फ केन्द्रित भएको छन् । बर्सेनि हुम्लि नागरिकहरूले नेपालगन्ज , सुर्खेत झर्न समस्या हुने गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.