भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

काभ्रेपलाञ्चोक- गत साताको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर बि.पी राजमार्गमा करिब ७ सय सवारी साधन अलपत्र अवस्थामा परेकामध्ये केही सवारीलाई उद्धार गरी काठमाडौं पठाइएको छ ।

उद्धार गरिएका सवारीलाई बि.पी राजमार्ग अन्तर्गत  वैकल्पिक राजमार्ग हुदैं काठमाडौँ पठाइएको हो । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका  वडा नं. ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे, धुलिखेल हुदैं काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिनुभयो ।

राजमार्ग फसेका सवारी साधन र साधनका चालकले खोला किनारमा करिब १० दिन कष्टकर जीवन गुजारेको काठमाडौँ आउँदै गरेका चालकहरूले बताए । वैकल्पिक  बाटो पनि निकै कठिनका साथ आउनुपरेको उनीहरूले सुनाए ।

एक साता अघिदेखि राजमार्गमा फसेका ७ सय सवारीहरुमध्ये ३६ वटा सवारी साधनलाई वैकल्पिक मार्गबाट ल्याएको काभ्रे प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार, अझै ४÷५ ठाउँमा ह्युम पाइप हालेर बाटो खुलाउन बाकी रहेको छ । अहिले ह्युम पाइप राख्ने काम भइरहेको छ ।

अहिले १० दिनदेखि फसेका सवारीलाई प्राथमिकतामा राखेर उद्धार गरी राजमार्ग अन्तर्गत वैकल्पिक बाटो हुदैं काठमाडौँसम्म पठाइएको उहाँले जानकारी दिनुभयो । राजमार्ग खुलाउनको लागि स्थानीय, प्रशासन, प्रहरी सबै प्रयासरत रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.