खाद्यले सुरु गर्‍यो दशैं लक्षित खसी, बोका तथा च्यांग्रा किनबेच

जिउदो खसी र बोकाको मुल्य प्रतिकिलो ६ सय ७० रुपैया निर्धारण

काठमाडौँ- काठमाडौ उपत्यकामा दशै लक्षित खसी, बोका तथा च्यांग्रा किनबेच सुरु भएको छ । खाद्य व्यवस्था कम्पनीले दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी कम्पनीले मुस्ताङबाट च्याङग्रा एवम् मकवानपुर, दाङ लगायत स्थानबाट खसी ल्याएको छ ।

बजारको मुल्य समायोजन गर्न खाद्यले बर्षेनी खशी, बोका तथा च्यांग्रा गरी एक हजार देखि एक हजार ५ सयको संख्यामा बेच्ने गरेको छ । यो बर्ष खाद्यले करीव ४ करोड रुपैया वारवरको एक हजार ५ सय खशी, बोका र ३ सय च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको छ । तर आइतबारसम्म ३ सय च्यांग्रा र २ सय ८ खशी बोकामात्र काठमाडौ भित्रिएका छन । बाकी केही दिनभित्रमा आइइपुग्ने र नवमीसम्म बिक्री खुला राख्ने खाद्यको तयारी छ ।

खाद्यले यो बर्ष जिउदो खशी र बोकाको मुल्य प्रतिकिलो ६ सय ७० रुपैया निर्धारण गदै त्यसमा प्रतिकिलोमा १० रुपैया पनि छुटको व्यवस्था गरेको छ । यस्तै च्यांग्राको मुल्य प्रतिकिलोमा १० रुपैया छुटगरी एक हजार २ सय ५० निर्धारण गरेको छ । खशी, बोका तथा च्यांग्रालाई खरिद गर्दा नै स्वास्थ्य परिक्षण गरेर मात्र ल्याउने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भनाई छ ।

स्वास्थ्य जाच गरेर स्वस्थलाई हरियो र अस्वस्थलाई रातो स्टीकर लगाउने गरिन्छ । यस्तै सरकारले ल्याएको खशी बोकाले बजारको माग धान्न नसक्ने भएकाले निजीक्षेत्रले पनि बर्षेनी दशैको लागि खशी बोका तथा च्यांग्रा गरी २५ हजार बढी ल्याउने गरेका छन् ।

काठमाडौ जोड्ने राजमार्गहरु अवरुद्ध हुदा यो बर्ष माग बमोजिम ल्याउन कठिन भएको व्यापारीले वताएका छन् । निजी क्षेत्रले भने खाद्य संस्थानभन्दा ५० रुपैया बढी मुल्य कायम गरेको छ । ढुवानीको खर्च बढी आउने भएका कारण सरकारी मुल्यभन्दा बढी तय गरेको व्यापारीको भनाई छ ।

काठमाडौ उपत्यकामा दशै अवधिमा खशी, बोका तथा च्यांग्रा गरी करीव ४२ देखि ४५ हजारको माग छ । राजमार्ग अवरुद्ध भएका कारण यो बर्ष माग अनुरुपको खशी बोका पुरयाउन सकिने अवस्था नरहेको व्यापारीहरु वताउन्छन् ।

उपत्यकामा खाद्यले दाङ, नवलपरासी, तथा मकवानपुरबाट र निजी क्षेत्रले पनि दाङ, सुर्खेत, दैलेख, सिन्धुली, चितवन, तथा मकवानपुरबाट खशी बोका तथा मुस्ताङ बाट ल्याउने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.