सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौँको कालीमाटी, कुशेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गर्नुभएको छ ।

आइतबार अपराह्न सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुग्नुभएको हो । बजारमा तरकारी तथा फलफूलको मूल्य आकासिएपछि मन्त्री भण्डारी अनुगमनको निस्कनुभएको हो । उहाँले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरू हुनुहुन्छ । उहाँहरूले हेर्नुहुन्छ । उहाँहरूसँग हामीले पछिल्लो खरिद मूल्य कति छ, किसानहरूले कति प्राइसमा विक्री वितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरू हेरेर हामी  बजार मूल्य तोक्छौँ ।’ 

यसैबिच उपभोक्ताहरूले पनि तरकारी तथा फलफूलको मूल्य दशाहै गुणा बढाएको भन्दै व्यापारीमाथि  कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.