अमेरिकाको फ्लोरिडामा मिल्टन नामक अर्को आँधीको चेतावनी

अमेरिकाको फ्लोरिडा राज्यमा मिल्टन नामक अर्को आँधीको चेतावनी दिइएको छ ।

   यसअघि आएको हेलेन आँधीका कारण तहसनहस भएको राज्यका केही भागहरू तङ्ग्रिन नपाउँदै अर्को आँधीको चेतावनी दिइएको हो ।

हेलेन आँधीको असरले फ्लोरिडाका केही भागहरूमा पहिले नै आपतकालीन अवस्था घोषणा गरिएको छ । नेसनल हरिकेन सेन्टरले मेक्सिकोको तटमा आएको श्रेणी १ को आँधी फ्लोरिडातर्फ बढिरहेको पुष्टि गरेको छ ।

यो आँधीले फ्लोरिडाको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित पार्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । आँधीले पश्चिमी क्षेत्रमा धेरै असर गर्ने भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

अमेरिकामा सन् २००५ मा आएको क्याट्रिया आँधीपछिको सबैभन्दा घातक आँधीका रुपमा हालै आएको हेलेन आँधीलाई लिइएको छ । हेलेन आँधीले दक्षिण पूर्वी क्षेत्र नराम्ररी प्रभावित भयो ।

यो आँधीका कारण हालसम्म २ सय २५ जनाको मृत्यु भइसकेको छ भने अझै सयौँ मानिस बेपत्ता छन् । फ्लोरिडामा मात्रै हेलेन आँधीका कारण १४ जनाको मृत्यु भएको छ ।

मिल्टन आँधीको आगमन अघि शक्ति पुनर्स्थापना र सडकहरू खाली गर्ने तयारी भइरहेको बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.