मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानी मन्त्री यादव

काठमाडौँ – खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरूको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ ।

मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहज रूपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को समयमा मेलम्ची पनि स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताउनुभएको हो । उहाँले मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताउनु भयो ।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको जानकारी दिनुभयो । मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गर्नुभयो ।

मन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै  मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिने आशा रहेको बताउनु भयो ।

कुराकानीकाक्रममा उहाँले अहिले आन्दोलन गर्ने बेला नभई एक अर्कालाई सहयोग गर्ने समय रहेको बताउनु भयो । उहाँले बाढी पहिरोले खाने पानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्‍याएको बताउनु भयो । उहाँले काठमाडौँ उपत्यकाका खानेपानी संरचनामा पनि धेरै क्षति गरेको बताउनु भयो । महाकाल मैदानमा भएका मेसिनरी वस्तुहरूमा क्षति भएको, कीर्तिपुरको सुन्दरी घाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनबाट खानेपानी पुनः निर्माणको काम गर्ने तयारी गरेको बताउनु भयो । उहाँले केही समयपछि क्षति भएका संरचनाहरू पुनर्निर्माण गर्ने बताउनु भयो । उहाँले सरकारले तत्कालको लागि काठमाडौँ उपत्यका खान पानीमार्फत चल्ने मेसिन मर्मत गर्ने,नयाँ मसिन खरिद गरी काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बाढी पहिरोले खाने पानीमा मात्रै करिब साढे ३ अर्बको क्षति पुर्‍याएको छ । अझै डाटा सङ्कलन गर्ने काम गरिरहेका छौँ । काठमाडौँ उपत्यका खाने पानीमा पनि धेरै क्षति गरेको छ । महाकाल चौउरमा भएका मेसिनरी वस्तुहरु सबै क्षति भएको अवस्था थियो । कीर्तिपुरको सुन्दरी घाट ट्रान्समिसन र पम्प लगायत मेसिनरी सबै सामान ध्वस्त बनाएको अवस्था छ । नख्खुको सबै पम्प हाउस सबै बगाएको थियो । पनौतीमा खाने पानीका दुई किलोमिटर पाइप बगाएको छ । महोत्तरीमा पनि क्षति भएको छ । पहाडी जिल्लामा पनि क्षति भएको छ । अहिलेको संरचनाले काम गर्न सक्ने अवस्था छैन । विपद् व्यवस्थापनबाट काम गर्ने तयारी गरेका छौ । केही समयपछि क्षति भएका संरचनाहरू पुन निर्माण हुन्छन् ।

सरकारले तत्कालको लागि काठमाडौँ उपत्यका खान पानीले पनि धेरै मेसिन खरिद गरेको छ । मर्मत गरेर चल्ने मेसिनहरूलाई चलाउने प्रयास पनि गरिरहेका छौँ ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भीर छौँ । वर्षाको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्राँई भएको थियो । यो वर्ष त्यस्तो हुँदैन ।

यो वर्ष मेलम्चीको पानी दसैँअघि काठमाडौंवासी लाई खुवाउने लक्ष्य छ । वर्षाको असरका विषयमा मौसम विभागको सल्लाहअनुसार खोल्छौँ । मौसम हेरेर सकेसम्म दसैँ अघि खोल्ने लक्ष्य छ । तर स्थानीय बासीको अवरोध पनि छ । चार किसिमको अवरोध छ । बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने,सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग छ । स्थानीयहरूसँग वार्ता चलिरहेको छ । वार्ता सहमतिको नजिकमा छ । मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिनुहुन्छ भन्ने आशा छ । अहिले आन्दोलन गर्ने बेला होइन एक अर्कालाई सहयोग गर्ने बेला हो । सरकारलाई सहयोग गर्न अनुरोध गरेको छु । वार्ताबाट सहज रूपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो नभए मेलम्चीका स्थानीयहरूको घरमा नै जान्छु ।’

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि ल्याउने तयारी गरिरहेको बताउनु भयो । उहाँले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने सरकारको तयारी रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.