पाँच दिनमा ८९ हजारले लिए आन्तरिक हवाई सेवा

काठमाडौँ –  बाढी पहिरोका कारण सडक मार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडान अवतरण भएका छन् । उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन् ।

आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मङ्गलवार ४३४, बुधवार ३७५, बिहीबार ३२७ र शुक्रवार ३०९ उडान अवतरण भएका छन् ।

उक्त उडानबाट सोमबार १९ हजार १५९, मङ्गलवार १८ हजार १३७, बुधवार १७ हजार चार, बिहीबार १६ हजार ७५३ र शुक्रवार १८ हजार तीन जनाले हवाई सेवा लिएका छन् । उक्त सङ्ख्यामध्ये अधिकांश यात्रु राजधानीबाट बाहिरिने रहेका छन् । अहिले उपत्यका बाहिरबाट फर्किने जहाज प्रायः रित्तै छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.