लहडमा नीति बनाउनु हुँदैन: अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्ने गरी बनाइनुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भए पनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताउनुभयो । उहाँले अनुगमनको हिसाबले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कतिपय चिजहरू नयाँ नीतिहरु बनाउने क्रममा कतिपय चिजमा नियम, कानुनहरू परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरू लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसाबले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरू बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरू अनुगमनको हिसाबले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताउनु भयो । स्थिर नीति हुँदा व्यवसायहरू पनि फस्टाउने बताउनु भयो । उहाँले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिन सके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.